काठमाडौं, १२ साउन : नेकपा एमालेकी सांसद गंगा चौधरी सतगौंवाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सांसद नारमुनी रानामाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएकी छिन् ।
साउन १० गतेको बैठकमा एमाले नेता नेपालले नारमुनीलाई प्रतिगमनको मतियार भन्दै बाहिर जान चेतावनी दिएका उनलाई अधिनायकवादी चरित्रको संज्ञा दिइन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद चौधरीले बराबर हैसियतको जननिर्वाचित सांसदलाई बैठकबाट निस्केर जाऊ भनेर अधिनायकवादी चरित्र प्रदर्शन गरेको बताइन् ।
उनले भनिन्, ‘यो एउटा सार्वभौमक जनताको प्रतिनिधिको मौलिक हक र वाक स्वतन्त्रतामाथिको हमलामात्र होइन समस्त थारु सुमदायको अपमान पनि हो । नारदमुनी रानाकोमात्र सवाल होइन, बैठकमा जुन दृष्य देखाइयो त्यो सदियौंदेखि शासकहरुले थारुमाथि गरेको शोषणको झल्को पनि हो ।’