ट्रकको ठक्करबाट विष्ट दम्पतीको मृत्यु

admin

झापा, १३ साउन :  झापाको दमकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा श्रीमान श्रीमतीको घ टना स्थलमै मृ त्यु भएको छ।

इलाका प्र हरी कार्यलय दमकका प्र हरी नायब उपरिक्षक नवराज कार्कीका अनुसार सुरुंगाको होटल हेवनका सञ्चालक ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी ३६ वर्षीय श्रीमती हिमा विष्टको घटना स्थलमै मृ त्यु भएको हो।

प्र हरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको ट्रकले ठक्कर दिंदा उहाँहरुको मृ त्यु भएको हो। बिष्ट दम्पतीले सुरुंगामा लामो समय देखि होटल हेवन सञ्चालन गर्दै आएका थिए।

प्रतिक्रिया