केपी ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि आज पहिलोपटक सिंहदरबारमा

admin

काठमाडौं, १३ साउन : नेकपा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलो पटक सिंहदरबार पुगेका छन् । ओली ओली बुधबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगेका हुन् । प्रधानमन्त्री पदमा रहँदा ओली बिरलै सिंहदरबार पुग्थे ।

एमाले नेताहरुका अनुसार उनी भेटघाटका लागि सिंहदरबार पुगेका हुन् । ओलीले केही नेताहरूसँग समसामयिक विषयमा कुराकानी गर्दैछन् । संसदीय दलको कार्यालयमा ओली आएसँगै नेताहरूको चहलपहल बढेको छ ।

प्रतिक्रिया