ओलम्पिकमा राष्ट्रिय कीर्तिमान कायम गरे पनि अघिल्लो चरणमा पुग्न असफल भइन् गौरिका

admin

काठमाडौं, १३ साउन : जापानमा भइरहेको टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । एक सय मिटर फ्री स्टाइलमा गौरिकाले एक मिनेट दशमलव ११ सेकेन्डको कीर्तिमान बनाएकी हुन् । चार जना खेलाडी रहेको हिट चरणमा गौरिका तेस्रो भइन् ।

ओलम्पिकमा राष्ट्रिय कीर्तिमान कायम गरे पनि गौरिका अघिल्लो चरणमा पुग्न भने असफल भइन् । नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने क्रममा गौरिकाले ५८ दशमलव १३ सेकेन्डमा दुरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान राखेकी थिइन् ।

उनले सन् २०१९ मा दक्षिण कोरियामा भएको विश्व च्याम्पियनशिपमा भने एक मिनेट ६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान राखेकी थिइन् । पौडीमा नेपालका एलेक्स साह पनि (हिजो) मंगलबार हिट चरणभन्दा माथि पुग्न सकेका थिएनन् । यसअघि नै जुडो र शुटिङका खेलाडी पनि प्रारम्भिक चरणबाटै बाहिरिएका थिए ।

प्रतिक्रिया