थप तीन हजार आठ सय ४० जनामा संक्रमण पुष्टि, ३३ जनाको ज्यान गयो

admin

काठमाडौं, १३ साउन : बुधबार देशभर तीन हजार आठ सय ४० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । १० हजार आठ सय ८६ जनाको पीसीआर र चार हजार नौ सय २२ जनाको एन्टिजेन विधिबाट गरी १५ हजार आठ सय आठ जनाको नमुना परीक्षण गर्दा तीन हजार आठ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परिक्षणको २४ दशमलव २९ प्रतिशत हो । तथ्याङ्कअनुसार कोरोना संक्रमण दर बढिरहेको छ । योसहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या सात लाख ४६ हजार सात सय तीन पुगेको छ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा आठ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा पाँच सय ५९ जना, भक्तपुरमा ९५ जना र ललितपुरमा दुई सय ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा एक हजार नौ सय ९३ जना निको भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४९ हजार ७२ जना पुगेको छ ।

यही अवधिमा थप ३३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ हजार सात सय ९१ पुगेको छ । अहिले नेपालमा २९ हजार चार सय ४४ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया