६ मन्त्रालय पाए जसपा भोलि नै सरकारमा जाने !

admin

काठमाडौँ, १३ साउन :  जनता समाजवादी पार्टी (जसपा) ले ६ मन्त्रालय दिइए भोलि नै देउवा सरकारमा सामेल हुने तयारी गरेको छ ।

बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन ६ मन्त्रालयमा दाबी गरिएको र भनिएको जति मन्त्रालय पाए बिहीबार ने सरकारमा सामेल हुने जसपाका एक नेताले बताए ।

उनले भने, ‘बैठकमा ६ मन्त्रालय पाउनुपर्छ भनेर दाबी गरिएको छ । यो विषयमा प्रधानमन्त्रीजी र गठबन्धनसँग छलफल गरिनेछ । यदि, दुवै पक्षबाट कुरा मिलेको अवस्थामा भोलि (बिहीबार) नै जसपा पार्टी सरकारमा सामेले हुनेछ ।

मन्त्रीहरुले पनि भोलि नै सपथ लिनेछन् ।’ बैठकले जसपाबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएको पनि उनले बताए ।

प्रतिक्रिया