मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनको निर्णायक बैठक

admin

काठमाडौं, १४ साउन : मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्नका लागि सत्ता गठबन्धनका नेताहरु आज पनि छलफलमा बस्दैछन् । केहीबरेमा बस्ने बैठक निर्णायक हुने जानकारी दिइएको छ ।

यस बैठकले कुन पार्टीलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लगाउने छ । त्यसपछि नेताहरुले आ–आफ्नो पार्टीबाट मन्त्री बन्नेको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई दिने र उनले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ ।

बुधबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद् बिस्तारको जिम्मा पार्टीका शीर्ष नेताहरुलाई दिएका थिए ।

प्रतिक्रिया