कोरोनाको खोप माग गर्दै शिक्षकहरु आन्दोलित

admin

तानसेन, १४ साउन : पाल्पाका शिक्षकहरु कोरोना भाइरस विरुद्धको खोप माग गर्दै आन्दोलनमा उत्रिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला कोभिड व्यवस्थापन समितिबाट कोरोना खोप वितरणमा विभेद भएको भन्दै शिक्षकहरु सबै काम छोडेर धर्नामा उत्रिएका हुन् ।

खोप नपाएपछि शिक्षकहरुले नियमित रुपमा पठन पाठन गर्दैआएको वैकल्पिक पठन पाठन समेत बन्द गरेका छन् । शिक्षकहरुले आ आफ्नो गाउँपालिकासँगै सदरमुकाम तानसेनमा जिल्ला शिक्षा समन्वय समितिको कार्यालयमा धर्नामा बसेका हुन् ।

केन्द्र सरकारले शिक्षकहरुलाई कोरोना खोपको प्राथमिकतामा राखे पनि जिल्ला स्तरबाट तेस्रो प्राथमिकतामा राखेपछि आफूहरु आन्दोलनमा उत्रिनु परेको शिक्षकहरु बताउँछन् ।

साथै कोरोना खोप नपाउँदासम्म कक्षा ११ र १२ को वार्षिक परिक्षामा सहभागी नहुने पनि उनीहरुले अडान राखेका छन् । “परिक्षा बोर्डले हाम्रा विधालयका भौतिक सामग्रीहरु प्रयोग गरोस् आफैँ कर्मचारी खटाओस्, हामी काममा अवरोध गर्दैनौँ ।

तर विधालयका शिक्षक कर्मचारीहरु भने परिक्षाको कुनै पनि काममा सहभागी हुँदैनौँ ।” यस आन्दोलनमा सबै शिक्षक संघ संघठनबाट संयुक्त रुपमा सहभागी बनेको नेपाल शिक्षक संघठनका जिल्ला अध्यक्ष राम प्रसाद ढकालले बताए ।

प्रतिक्रिया