नेपाली विद्यार्थीले बनाएको रकेटको परीक्षण सफल

admin

काठमाडौं, १४ साउन : नेपाली विद्यार्थीहरुले बनाएको रकेटको सफल प्रक्षेपण भएको छ । ’क्‍वान्टम’ रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको क्वान्टम रकेटको बिहीबार सफल परिक्षण गरिएको हो ।

थानकोटस्थित नेपाली सेनाको फायरिङ रेन्जमा रकेट परीक्षण गरिएको हो । यसअघि चार पटक असफल भएको परीक्षण पाँचौँ पटक सफल परिक्षण भएको हो । रकेट ८७८ मिटर प्रतिसेकेन्डको गतिमा उडेको थियो । ६.१ फिट उचाइ रहेको रकेटको तौल ९ किलो छ ।

प्रक्षेपणका क्रममा रकेट २.१ किलोमिटर माथि पुगेको थियो । उचाइमा पुगेको रकेट प्यारास्युटको मद्दतमा झारिएको थियो । यसअघि नेपाली विद्यार्थीहरुले बनाएको गरुडा रकेट परीक्षण असफल भएको थियो ।

प्रतिक्रिया