लगातार बढ्दै सुनचाँदीको मूल्य, आज कारोबार कतिमा ?

admin

काठमाडौं, १५ साउन : शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ । लगातार चारदेखि सुनको मूल्य बढिरहेको छ । बिहीबार तोलाको ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार फेरि पाँच सय रुपैयाँले बढेर ९२ हजार नौ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै बिहीबार प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको तेजाबी सुन शुक्रबार पाँच सय रुपैयाँले बढेर ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसैगरी शुक्रबार चाँदीको पनि मूल्य बढेको छ । बिहीबार चाँदी तोलाको १२ सय ७० रुपैयाँमा बिक्री भएकोमा शुक्रबार १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया