आज तीन हजार ६ सय ११ जनामा संक्रमण पुष्टि, थप २७ जनाको ज्यान गयो

admin

काठमाडौं, १५ साउन : शुक्रबार तीन हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नौ हजार सात सय ८३ जनाको पीसीआर र चार हजार आठ सय ७८ जनाको एन्टिजेन गरी १४ हजार ६ सय ६१ जनाको नमुना परीक्षण गर्दा तीन हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परिक्षणको झण्डै २५ प्रतिशत हो । शुक्रबार थपिएकासहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या सात लाख ५३ हजार ६ सय ३३ जना पुगेको छ । यस्तै बितेको २४ घण्टामा एक हजार आठ सय १६ जना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या ६ लाख ५२ हजार दुई सय ६१ पुगेको छ ।

यही अवधिमा थप २७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ हजार आठ सय ३४ जना पुगेको छ । अहिले नेपालमा ३१ हजार १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया