नदीमा नुहाउने क्रममा २ बालबालिकाको मृत्यु, एक बेपत्ता

admin

कैलाली, १५ साउन : भजनी नगरपालिका-९ डोङपुरस्थित कान्द्रा नदीमा नुहाउने क्रममा दुई जना बालबालिकाको मृ त्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।

फाइल फोटो

मृ त्यु हुनेमा धनबहादुर सिंहकी छोरी नौ वर्षीया लक्ष्मी सिंह र रामफल चौधरी सात वर्षीय छोरी जेनी चौधरी रहेको जिल्ला प्र हरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

उनले बेपत्ता छ वर्षीया अनु सिंहको खोजी भइरहेको बताए। घर नजिकै रहेको कान्द्रा नदीमा नुहाउने क्रममा साँझ ५ बजेतिर उक्त घटना भएको प्र हरी उपरीक्षक अधिकारीले बताए।

प्रतिक्रिया