आज पाँच सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १७ साउन : कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । लगातार चार दिनदेखि बढेको सुनको मूल्य आइतबार पाँच सय रुपैयाँले घटेको हो । आइतबार सुन तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन तोलाको ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आइतबार तेजाबी सुनको मूल्य समेत गत शुक्रबारको तुलनामा प्रतितोला ५०० रुपैयाँले ने घट्दै ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य आइतबार यथावत रहेको छ । शुक्रबार तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार घटबढ नभएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया