धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई निलम्बन गरेर छानबिन गर्न माग

admin

काठमाडौं, १७ साउन : नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले अध्यक्ष भीष्मकुमार ढुंगानालाई निलम्बन गरेर छानबिन गर्न माग गरेको छ । बोर्डका अध्यक्ष ढुंगानाले बुक विल्डिङमार्फत जारी हुन लागेको सर्वोत्तम सिमेन्टको ११ हजार कित्ता शेयर छोरीको नाममा किनेको आरोप लागेको छ ।

शेयर बजारको नियामक निकायकै प्रमुखले आफू र परिवारको शेयर किन्दा बजार प्रभावित हुने र कानुन विपरीतको कार्य भएको भन्दै कर्मचारी युनियनले अध्यक्ष ढुंगानालाई निलम्बन गरेर छानबिनको माग गरेको हो ।

सञ्चार माध्यममा आएका विषयले बोर्ड अध्यक्षको इमानदारिता, कानुनी प्रावधान, आचारसंहिता अनुसार गम्भीर नैतिक पतन देखिएको र ३८ लाख लगानीकर्ताको सम्पत्तिको सुरक्षाका लागि पनि अध्यक्षलाई हटाएर गम्भीर अनुसन्धान हुनुपर्ने बोर्ड कर्मचारी युनियनको माग छ ।

संवेदनशील जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा शेयर खरिद गर्नु धितोपत्र बोर्डका अध्यक्ष तथा सञ्चालकका रूपमा गम्भीर विचलन भएको युनियनको भनाइ छ ।

प्रतिक्रिया