छिन्नमस्ता मन्दिरबाट चोरेको चाँदीको मुकुटसहित एक जना पक्राउ

admin

काठमाडौं, १८ साउन : प्रसिद्ध शक्तिपिठ सप्तरीको छिन्नमस्ता भगवतीको चोरी भएको मुकुटसहित एक जना प क्राउ परेका छन्। विष्णुपुर गाउँपालिका वडा नम्बर ५ का राजेश मण्डललाई प्र हरीले प क्राउ गरेको छ।

आइतबार साँझ करिब ७ बजे छिन्नमस्ता गाउँपालिकामा रहेको छिन्नमस्ता (शखरेश्वरी) भगवतीको चाँदीको मुकुट, नथिया र टीका चोरी भएको थियो।

खोजतलास गर्ने क्रममा गाउँमा लुकेर बसेको अवस्थामा चोरी गरेको ७ सय ५० ग्राम २ आना चाँदीको मुकुट, २ आना सुनको नथिया र ३ आना सुनको टीकासहित मण्डललाई पक्राउ गरिएको सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले बताए। घ टनाबारे प्र हरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया