साउदीमा नयाँ मापदण्ड जारी, कोरोना खोप नलगाएका कर्मचारीको बिदा काटिने

admin

एजेन्सी, १८ साउन : साउदीले कोरोना संक्रमणलाई नियन्त्रण गर्न स्वास्थ्य मापदण्डहरुमा थप कडाइ गरेको छ । अगस्ट एकदेखि साउदीले नयाँ मापदण्ड जारी गर्दै कोरोना खोप नलगाएका कर्मचारीको बिदा काटिने जनाएको छ ।

सरकारी, निजी, तथा गैर लाभकारी संस्थामा कार्यरत कर्मचारीले कोरोना विरुद्धको खोप नलगाएसम्म बिदामा कटौती हुने त्यहाँको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै मन्त्रालयले सबै रोजगारदाताहरुलाई आफ्ना कर्मचारीमा कोरोना प्रतिरक्षा ‘इम्युनिटी’को प्रमाण पनि पेस गर्न निर्देशन दिएको छ ।

त्वक्कलाना मोबाइल एपमा मन्त्रालयद्वारा स्वीकृत भएको इम्युनिटी प्रमाण पेस गर्नुपर्ने हुन्छ । तर त्वक्कलाना एपबाटै भ्याक्सिनको पहुँच बाहिर राखिएकाहरुको हकमा भने यो नियम लागू नहुने मन्त्रालयको निर्णयलाई उदृत गर्दै अरब न्युजले लेखेको छ ।

प्रतिक्रिया