भविष्य देखाउन नसक्नेहरू विगतको भूतले तर्साउँछन् : संयोजक पाण्डे

admin

काठमाडौं, १८ साउन : विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले वैकल्पिक राजनीति भनेको भूतको त्रासको राजनीति नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् भविष्य देखाउन नसक्नेहरूले नै विगतको ‘भूत’ले तर्साउन खोज्ने समेत बताएका छन् ।

केही दिनअघि सोही पार्टीका अध्यक्ष रविन्द्र मिश्रले राजसंस्था ब्युँताउँने, संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमन संग्रह गर्ने प्रस्ता ल्याएपछि पार्टीभित्रै र बाहिर पनि यसबारे चर्को बहस भइरहेको छ ।

मिश्रको प्रस्तावको खुलेरै विरोध गरिरहेका संयोजक पाण्डेले सोही सन्दर्भलाई लक्षित गर्दै भनेका छन्, ‘जसले भविष्य देखाउन सक्दैन, उसले विगतको भूत देख्छ । आफू तर्सिन्छ । अरूलाई पनि तर्साउँछ ।’ सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘प्रिय साथीहरू, वैकल्पिक राजनीति भूतको त्रासको राजनीति होइन । यो त भविष्यको आशा देखाउने राजनीति हो । यो त सम्भावनाको राजनीति हो ।’

प्रतिक्रिया