आज सामान्य घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १८ साउन : सोमबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । आइतबार तोलामा ९२ हजार ४ सय रुपैयाँ रहेको सुनको मूल्य सोमबार ९२ हजार ३ सय रुपैयाँमा झरेको छ ।

यस्तै तेजाबी सुनको मूल्य समेत प्रतितोला एक सय रुपैयाँले नै घटेर ९१ हजार ८०० रुपैयाँमा झरेको छ । यसैगरी सोमबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी आइतबार जस्तै तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया