आज शेयर बजार चार अङ्कले बढ्यो

admin

काठमाडौं, १८ साउन : सोमबार शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । नेप्से चार दशमलव शून्य ६ अङ्कले बढेर तीन हजार ८५ दशमलव शून्य सात विन्दुमा पुगेको छ । बैंकिङ समूहको शेयर झन्डै दुई अङ्कले, फाइनान्सको नौ अङ्कले, माइक्रोफाइनान्सको एक सय २४, उत्पादनको ४२ र लगानी समूहको शेयर दुई अङ्कले बढेको छ ।

होटल, विकास बैंक, जलविद्युत्, बीमा, अन्य र म्युचल फन्ड समूहको शेयर घटेको छ । सोमबार सुरुमा बजार बढेर तीन हजार ९९ विन्दुसम्म पुगेको थियो । बजार खुलेको केहीबेर सम्म जलविद्युत् समूहको शेयर बढेर हरियाली छाए पनि बन्द हुने बेलामा घटेको छ । दुई सय २६ कम्पनीका दुई करोड १८ लाख कित्ता शेयर १० अर्ब ९८ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै अरुण काबेली जलविद्युतको ३७ करोड ७५ लाख र युनिभर्सल पावर कम्पनीको ३५ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ । घलेम्दी हाइड्रो र गुराँस लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै फर्स्ट माइक्रोफाइनान्स र युनिभर्सल पावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । सोमबार नेपाल हाइड्रो र युनाइटेड मर्दी जलविद्युत् समूहको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया