प्रहरी र पत्रकार हुँ भनी ठगी गर्ने पक्राउ

admin

धनगढी, १८ साउन :  कैलालीका एक युवक ठगीको आरोपमा प क्राउ परेका छन्। प्रहरी अधिकारीसँग आफू पत्रकार भएको भन्दै परिचय दिने र अन्यलाई प्र हरी भनी घुस लिने कैलाली लम्कीका खेमराज खनाल प क्राउ परेका हुन्।

उनलाई महानगरीय प्र हरी परिसर काठमाडौंको टोलीले बालाजुबाट प क्राउ गरेको हो। प्रहरीसँग भेट्दा मिडियाको कार्ड र सर्वसाधारणलाई भेट्दा नेपाल प्रहरी लेखेको डोरी झुन्ड्याउने गरेका खनाललाई ठगी आरोपमा बालाजुबाट पक्राउ परेको परिसरले जनाएको छ। प क्राउ परेका खनालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया