मेलम्ची खानेपानी आयोजनाको झन्डै ५१ अर्ब जोखिममा

admin

काठमाडौं, १९ साउन :मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रुपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ । मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा लगानी जोखिममा परेको हो । अम्बाथानस्थित हेडवक्र्सभन्दा माथिल्लो भेग बाढी पहिरोका कारण चिरचिरा परेको छ ।

मेलम्ची जलाधार क्षेत्रको कमजोर संरचना भत्कने क्रम जारी छ । जलाधार क्षेत्रमा भएको क्षतिको यकिन विवरण आउन सकेको छैन् । यद्यपि जलाधत्रार क्षेत्र नै भत्किन पुग्दा मेलम्चीको पानीको मुहान नै सुक्ने हो कि भन्ने आशंकाससमेत उब्जिएको छ । सरकारले एसीयाली विकास बैंकसँगको साझेदारीमा मेलम्ची आयोजनाको पहिलो र दोस्रो खण्डमा करिब ५१ खर्ब रुपैयाँ खर्च गरिसकेको छ ।

त्यसमध्ये ३० अर्ब आयोजनाको हेडवक्र्स तथा सुरुङमार्ग निर्माणमा खर्च भएको हो । यसबाहेक मेलम्चीको पानी सुन्दरीजलमा अएपछि उपत्यकावासीको घरदैलोमा पुर्याउने संरचना निर्माणमा २१ अर्ब खर्च भइसकेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले बताए ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्त मेम्ची नदीमा बारम्बार अकल्पनीय बाढीपहिरो आउने क्रम नरोकिएको आयोजनाको लगानी जोखिम पर्ने हो कि भन्ने आशंका उब्जिएको बताउँछन् । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया