बालुवाटार बोलाएर मागियो हितेन्द्रदेव शाक्यको राजीनामा

admin

काठमाडौं, १९ साउन : प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको राजनीमा मागिएको छ ।

मंगलबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री देउवा, ऊर्जामन्त्री पम्फा भुसाल र कार्यकारी निर्देशक शाक्य थिए । सोही बैठकमा उर्जामन्त्री भुसालले मौखिक रुपमा राजीनामा मागेको मन्त्रालय स्रोतले जानकारी दियो ।

“तपाईंको काम प्रभावकारी देखिएन । तपाईंले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुहोस्,” ऊर्जामन्त्रीले शाक्यलाई भनेको स्रोतले बतायो । शाक्यले भने तत्काल राजीनामा नगर्ने प्रतिक्रिया दिएका थिए । शाक्यको काम सन्तोषजनक नभएको भन्दै राजीनामा माग गरिएको थियो ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यले काम गर्न नसकेको भन्दै तत्कालै कुलमान घिसिङलाई नियुक्ति गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया