माधब नेपालले आज नयाँ पार्टी घोषणा गर्ने बाँस्कोटाको ठोकुवा

admin

काठमाडौं, २० साउन : नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधव नेपालले नयाँ पार्टी घोषणा गर्न लागेको दाबी गरेका छन्।


मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले नेपालले आजका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा ‘एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने’ बताएका दाबी गरेका हुन्।

वरिष्ठ नेता नेपालले आज काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बेन्क्वेटमा आफूपक्षीय केन्द्रीय कमिटीको बैठक डाकेका छन्।

प्रतिक्रिया