शुक्रबारदेखी भेरोसेलको दोस्रो डोजका लागि देशभर अभियान सुरु

admin

काठमाडौं, २० साउन : शुक्रबारदेखि सरकारले दोस्रो डोजको खोप दिन देशभर अभियान सुरु गर्ने भएको छ । गएको असार २९ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले (पर्सि) शुक्रबारदेखि दोस्रो डोज पाउने स्वाथ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

पहिलो डोज लगाएका ५५ वर्षदेखि माथिका नागरिकलाई २१ दिनपछि दोस्रो डोज दिन लागिएको हो । यस्तै, (आज) बुधबारदेखि विदेश जाने नेपाली नागरिकले खोप लगाएको विद्युतीय प्रमाण पत्र (क्यूआर कोडसहितको) कीर्तिपुर नगरपालिकामा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट पाउने भएका छन् । यो सेवा अन्य जिल्लामा पनि विस्तार गर्दै लैजाने र पूर्ण खोप लगाएका व्यक्तिलाई क्यूआर कोडसहितको विद्युतीय प्रमाण पत्र उपलब्ध गराउने विभागले जनाएको छ ।

यसैगरी अहिलेसम्म खोप नलगाएका व्यक्तिले खोपका लागि स्वास्थ्य मन्त्रालयको वेभसाइट www.vaccine.mohp.gov.np मा अनिवार्य नाम दर्ता गर्नु पर्ने विभागले जनाएको छ । मन्त्रालयले यसकै आधारमा तोकेको लक्षित समूहभित्रका व्यक्तिलाई खोपको व्यवस्था गर्ने स्पष्ट पारेको छ ।

प्रतिक्रिया