आज नेप्से १६ अङ्कले घट्यो

admin

काठमाडौं, २१ साउन : चार दिन लगातार बढेको शेयर बजार बिहीबार भने घटेको छ । नेप्से १६ अङ्कले घटेर तीन हजार एक सय सात दशमलव ४५ विन्दुमा झरेको छ । माइक्रोफाइनान्स समूहको शेयर ३९ अङ्कले, जलविद्युत समूहको ७६ अङ्कले, होटल समूहको ४७, अन्य समूहको १७, उत्पादन समूहको ६९, फाइनान्स समूहको २४, जीवन बीमा समूहको ५९ र निर्जीवन बीमा समूहको शेयर ५६ अङ्कले घटेको छ ।

बिहीबार विकास बैंक समूहको शेयर भने झण्डै एक सय ११ अङ्कले बढेको छ । सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको शेयर झण्डै सात प्रतिशतले र घलेम्दी, शिवश्री र रिडी हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

दुई सय २६ कम्पनीका दुई करोड ८८ लाख ४५ हजार कित्ता शेयर १४ अर्ब ३१ करोड ६२ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको ६५ करोड ३० लाखभन्दा धेरैको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया