थप तीन हजार नौं सय ३८ जनामा संक्रमण पुष्टि, ३७ जनाको ज्यान गयो

admin

काठमाडौं, २१ साउन : बिहीबार तीन हजार नौ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार आठ सय ७० पीसीआर र ६ हजार पाँच सय ३८ एन्टिजेन गरी १८ हजार चार सय आठ नमुना परीक्षण गर्दा तीन हजार नौ सय ३८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा कुल परीक्षणको २१ दशमलव ३९ प्रतिशतमा संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या सात लाख ७३ हजार आठ सय ६० पुगेको छ । यस्तै थप दुई हजार १२ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६ सय ६३ पुगेको छ । यही अवधिमा थप ३७ जनाको ज्यान गएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नौ हजार नौ सय ९४ पुगेको छ । नेपालमा अहिले ३४ हजार चार सय २२ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये सात सय १३ जनाको आईसीयू र एक सय ५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म ४३ लाख ५९ हजार दुई सय ७७ जनाले पहिलो मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् भने २१ लाख ३० हजार नौ सय जनाले पूर्ण खोप लगाएका छन् ।

प्रतिक्रिया