माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक आज पनि बस्दै

admin

काठमाडौं, साउन २२ : नेकपा एमालेको माधव कुमार नेपाल पक्षको केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दैछ । राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बिहीबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने भएको हो ।

बैठक बिहान साढे ११ बजेपछि सुरु हुने नेता रघुजी पन्तले जानकारी दिए । बैठकमा पार्टी एकता, आफ्नो समूहको रणनीतिलगायतका विषयमा छलफल केन्द्रीत छ ।

हिजोको बैठकमा रामकुमारी झाँक्री, विजय पौडेलसहित एक दर्जन बढी केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । धारणा राख्ने क्रम आज पनि जारी रहनेछ ।

प्रतिक्रिया