अफगानिस्तान सरकारका मिडिया प्रमुखको ह’त्या

admin

एजेन्सी, २२ साउन : तालिबान लडाकुले अफगानिस्तान सरकारका मिडिया प्रमुख दवा खान मिनापालको ह’त्या गरेको छ । शुक्रबार दिउँसो राजधानी काबुलको दरुल अमन सडकमा ब’न्दुकधारीहरूले दवा खान मिनापालको ह’त्या गरेको स्थानीय आउटलेट टोलो न्युजले जनाएको छ ।

केही ब’न्दुकधारीहरूले शुक्रबार स्थानीय समय साढे एक बजे नमाज चलिरहँदा सरकारी मिडिया एवम् सूचना केन्द्रका निर्देशक दवा खान मिनापालको ह’त्या गरेका अफगान गृह मन्त्रालयका प्रवक्ता मीरवाइज स्तेनकजईले बताएका छन् ।

मिनापालले यसअघि अफगान राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपतिको प्रवक्ताका रूपमा पनि काम गरेका थिए । तालिबानले यस घटनाको जिम्मा लिँदै आफ्ना लडाकुले दवा खानको ह’त्या गरेको बताएको छ ।

प्रतिक्रिया