यी हुन् माओवादी बैठकका तीन निर्णय

admin

काठमाडौं, साउन २२ : नेकपा माओवादी केन्द्रले विभिन्न ३ विषयमा छलफल तथा निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकमा सत्तारुढ ५ दलीय गठबन्धनको कार्यदलले बनाएको ‘साझा न्युनतम कार्यक्रम’ बारे अध्यक्ष प्रचण्डले बैठकलाई जानकारी गराएका थिए । कार्यदलले आजै बालुवाटारमा आफ्नो प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाएको थियो ।

बैठकले तत्काल गठबन्धनको तर्फबाट उक्त साझा कार्यक्रम सार्वजनिक गर्न अनुरोध गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यस्तै कार्यदललाई साझा कार्यक्रम तयार गरेकोप्रति बैठकले धन्यवाद पनि दिएको छ ।

यस्तैगरी संविधान तथा कानुनका आधारमा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अबिलम्ब उच्चस्तरीय आयोग गठबन्धन गर्न पनि बैठकले सरकारसँग अनुरोध गर्ने निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।

यस्तै बैठकले लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीको अपहरणबारे विरोध गरेको छ । प्रदेशसभा सदस्य वलीले आफूलाई दाङबाट अपहरण गरी मुख्यमन्त्रीको निवासमा बन्दी बनाएको बताएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको श्रेष्ठको भनाए छ ।

माओवादीले सो प्रकरण लोकतन्त्र, राजनीतिक, मानवअधिकार र व्यक्तिको स्वतन्त्रतामाथि लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण भएको ठहर गर्दै घटनाको निन्दा गरेको छ । राजनीतिमा यो हदसम्मको क्रियाकलाप भएको प्रति माओवादीले चिन्ता समेत प्रकट गरेको छ ।

मन्त्री छनोटबारे छलफल भएन
आजको बैठकमा पार्टीका तर्फबाट मन्त्री चयनबारे कुनै छलफल नभएको श्रेष्ठको भनाइ छ । उनले पार्टीले छिट्टै सरकारले पूर्णता पाउने अपेक्षा गरेको बताउँदै हालसम्म मन्त्रालयको संख्या र मन्त्रालयको भागबण्डाबारे गठबन्धनमा सहमति जुटिनसकेको दावी गरे ।

‘कति मन्त्रालयल पाउने र कुन कुन मन्त्रालय पाउने भन्नेबारे टुंगो लागेपछि मात्रै व्यक्तिको टुंगो लाग्ने कुरा हुन्छ’, उनले भने, ‘गठबन्धनमा छलफल भएर दुई तीन दिनभित्रै पूर्णता पाउने अपेक्षा गर्न सक्छौं ।

प्रतिक्रिया