बाह्रबिसे प्रहरीको हिरासतमा रहेका युवाको मृत्यु बारे छानविन गर्न मेयर शेर्पाको माग

admin

सिन्धुपाल्चोक : बाह्रबिसे नगरपालिकाका नगरप्रमुख निमफुञ्जो शेर्पाले इलाका प्र हरी कार्यालय बाह्रबिसेको प्रहरी हिरासत भित्र रहेका युवाको मृ त्यु प्रति गम्भीर चासो ब्यक्त गर्नु भएको छ ।

नगरप्रमुख शेर्पाले प्र हरी प्रशासन, मानवअधिकारवादी संघ संस्था, नागरिक समाज र सञ्चारकर्मीलाई घ टनाको वास्तविकता बाहिर ल्याउनका लागि स्वतन्त्र छानविन समिति गठनको माग गर्नुभएको हो ।

प्र हरी हिरासतमा रहेका बाह्रबिसे नगरपालिका वडा नम्बर ७ घुम्थाङका ३२ बर्षीय खडगबहादुर तामाङको उपचारको क्रममा आज गते धुलिखेल अस्पतालमा मृ त्यु भएको घटनालाई लिएर नगरप्रमुख शेर्पाले गम्भीर ध्यानार्कषण गराउनु भएको हो । तामाङ चोरी आरोपमा प्र हरी हि’रासतमा रहेका थिए ।

‘प्र हरीको कडा सु रक्षा घेरा भित्र हि रासत कक्षमा रहेका युवाको मृ त्यु हुनु दुःखद हो । बाह्रविसे नगरपालिका यस घट नाप्रति दुःख व्यक्त गर्दछ । घटनाको निष्पक्ष छानबिनका लागि हामी अनुरोध गर्दछौ, नगरप्रमुख शेर्पाले भन्नुभयो ।’

नगरप्रमुख शेर्पाले बाह्रबिसे नगरपालिकाको न्यायिक समितिले पनि घ’टनाको बारेमा अध्ययन गर्ने प्रतिबद्धता जनाउनु भयो । ‘उपचारको क्रममा काभ्रेको धुलिखेल अस्पतालमा तामाङको मृ त्यु भएको र अस्पतालले पोष्ट मार्टम रिपोर्ट दिएपछि त्यही रिपोर्टको आधारमा सत्यतथ्य बाहिर आउने नै छ । पोष्ट मार्टमको रिपोर्टबाट सबै कुरा थाहा हुने भएकाले त्यो रिपोर्ट नआउँदासम्म कोही पनि उत्तेजित नहुनका लागि सबैमा विनम्र अनुरोध गर्दछु, नगरप्रमुख शेर्पाले भन्नुभयो ।’

नगरप्रमुख शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेख्नुभएको छ: ‘मेरो आमा कोभिड–१९ को सं क्रमीत हुनुभएकाले अहिले आमाको उपचारको क्रममा काठमाडौमा छु । तत्कालै नगरपालिकामा उपस्थित हुन सम्भव नभएकाले सामाजिक सञ्जाल मार्फत यो घटनाको सम्बन्धमा नगरपालिकाको धारणा सार्वजनिक गरेको छु ।

म कार्यालयमा नभएपनि उपप्रमुख र अन्य कर्मचारीहरु कार्यालयमा नै हुनु भएकाले नगरपालिकाबाट जस्तोसुकै सहयोग गर्न पनि हामी तयार रहेको कुरा सबैमा जानकारी गराउँदछु ।’

प्रतिक्रिया