अन्ततः सुकान्तले ३७ वर्षपछि आफ्नो परिवार भेटे

admin

काठमाडौं, २३ साउन : काभ्रेको बनेपा नगरपालिका स्थित एक होटलमा काम गरिरहेका ४३ वर्षका सुकान्त शर्माले आफ्नो परिवार भेटेका छन् ।

बुबाले इन्डियामा लगेर होटलमा भाडा माझ्ने काम लगाइदिएपछि आफू घर नफर्किएको र आफ्नो घर कहाँ हा भन्नेसमेत थाहा नपाएका उनको समाचार संप्रेसित भएपछि उनले परिवार भेटेका हुन् ।

बिगत ३५ बर्ष पहिले भारत एउटा होटलमा भाडा माझ्न भनी छोडेका ७ वर्षे बालक सुकान्त शर्मा अहिले ४३ बर्षका प्रौढ भएका छन् । उनलाई न बाआमा, न गाउँ, न घरको कुनै एकिन थिएन तर मर्नुअघि भेट्ने चाहनाले भक्कानिरहन्थे ।

यसबारेको खबर केही संचारमाध्यम र पूर्वसचिव भीम उपाध्ययको फेसबुक वालमा सार्वजनिक भएपछि उनको परिवार सम्पर्कमा आएका हुन् ।

उपाध्यायले फेसबुकमार्फत सुचना संप्रेशण भएको केही घण्टामा नै सुकान्तले परिवार भेटेको बताएका छन् । उनको परिवार स्याङ्जाको पित्लेकमा रहेछन् ।

साबिक जगतभञ्ज्यङ गाविस वाड नम्बर २ पित्लेक पाण्डेथोक हाल वलिङ्ग न. पा. ५ स्याङ्जा उनको घर रहेको छ । शनिवार विहान ८ देखि १० बजेसम्ममा सुकुन्तलाई लिन उनका परिवारका सदस्य बनेपा जाने भएका छन् ।

प्रतिक्रिया