राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै, कक्षा १२ को परीक्षाबारे निर्णय लिइने

admin

काठमाडौं, २३ साउन : कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिसिएमसीलाई सिफारिस गरे संगै परीक्षा बारे निर्णय लिन बोर्डको बैठक शनिवार बस्न लागेको हो ।

कोरोना कारण रोकिएको कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु गर्ने तय भएको थियो तर संक्रमण झनै बढेको भन्दै परीक्षा सार्न चौतर्फी दबाब परेको छ ।

सरकारले सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरिसकेको छ ।

प्रतिक्रिया