थपिए ३ हजार २१८ कोरोना संक्रमित, १९ जनाको मृत्यु

admin

काठमाडौं, २३ साउन : शनिबार थप ३ हजार २१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८६६ नमूना पिसिआर परीक्षण गर्दा २ हजार २३१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ७०७ मा परीक्षण गर्दा ९८७ मा संक्रमण देखिएको छ।

कुल १३ हजार ५७३ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। थप १९ जनाको संक्रमणका कारण मृ त्यु भएको मन्त्रालयले जनाएको छ। योसहित मृ त्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ७२२ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको छ। सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३२ रहेको छ।

प्रतिक्रिया