फ्रन्टलाइनरलाई खोप अनिवार्य गराउन खोज्दा प्रधानमन्त्रीको टाउको फुटाइयो

admin

एजेन्सी, २४ साउन : फ्रन्टलाइनरलाई खोप अनिवार्य गराउन खोज्दा प्रधानमन्त्रीको टाउको फुटाइएको छ । देशका फ्रन्टलाइनरहरुलाई कोरोनाभाइरसविरुद्धको खोप अनिवार्य गर्ने नयाँ कानुन ल्याउन लागेका क्यारेबियन देश सेन्ट भिन्सेन्ट एण्ड ग्रेनाडिनेसमा प्रधानमन्त्रीलाई प्रदर्शनकारीहरुले ढुं’गाले हानेर टाउको फुटाइदिएपछि उपचारको लागि अस्पताल भर्ना गरिएको छ ।

खोप अनिवार्य गर्ने गरी ल्याउन लागिएको कानुनकै विरोधमा भइरहेको प्रदर्शनमा प्रधानमन्त्री घाइते भएका हुन् । ७४ वर्षका प्रधानमन्त्री राल्फ गोन्जालवेज किंग्सटाउनस्थित संसद भवनमा जम्मा भएको एउटा भीडनजिकैबाट जाँदै गर्दा उनीमाथि आ’क्रमण भएको हो । उनलाई तत्काल अस्पताल लगिएको थियो । आ’क्रमण गर्ने भीडले सरकारले फ्रन्टलाइनरलाई अनिवार्य खोप लगाउनै पर्नेगरी ल्याउन लागेको कानुनको विरोध गर्दै थिए ।

प्रधानमन्त्री आ’क्रमणपछिको पूरै रात अस्पतालमा अब्जर्भेसनमा रहेको र उनको स्वास्थ्यमा सुधार हुँदै गएको बताइएको छ । सेन्ट भिन्सेन्टका अर्थमन्त्री क्यामिलो गोन्जालवेजले एक वक्तव्य जारी गर्दै प्रधानमन्त्रीलाई एमआरआइ स्क्यानका लागि बारबाडोस लगिएको बताएको ट्रिनिडाड एण्ड टोबागो न्यूजडेले जनाएको छ ।

प्रतिक्रिया