थप दुई हजार पाँच सय ४८ जनामा संक्रमण पुष्टि, कोरोनाका कारण ५५ जनाको ज्यान गयो

admin

काठमाडौं, २४ साउन : आइतबार नेपालमा कोरोना संक्रमणका कारण ५५ जनाको ज्यान गएको छ । योसहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ९३ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

निषेधाज्ञाको समयमा संक्रमित घटेसँगै ज्यान गुमाउनेको संख्या पनि घटेको भए पनि केही दिनदेखि अस्पताल भर्ना हुने र ज्यान गुमाउनेको संख्या बढिरहेको मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा दुई हजार पाँच सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नौ हजार ३३ जनाको पीसीआर र तीन हजार तीन सय ४५ जनाको एन्टिजेन गरी १२ हजार तीन सय ७८ जनाको नमुना परीक्षण गर्दा दुई हजार पाँच सय ४८ जनामा संक्रमण पुष्टि भएको हो । यो कुल परीक्षणको साढे २० प्रतिशतभन्दा धेरै हो ।

अहिलेसम्म नेपालमा सात लाख ८३ हजार तीन सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप दुई हजार २९ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६९ हजार दुई सय ९९ जना पुगेको छ । अहिले नेपालमा ३५ हजार चार सय ८५ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया