बँदेलको आक्रमणबाट प्रहरी हवल्दार घाइते

admin

बैतडी,२४ साउन :  जंगली बँदेलको आक्रमणबाट बैतडीमा आज एकजना प्र हरी हवल्दार घाइ ते भएका छन्। घा इते हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–४ घर भएका प्र हरी हवल्दार ३६ वर्षीय राम लुहार रहेका छन्।

महानगरीय प्र हरी कार्यालय काठमाडौं रानीपोखरीमा कार्यरत रहेका राम घर बिदामा आएका बेला बँदेलले आ क्रमण गरेको बैतडीका प्र हरी प्रवक्ता प्र हरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।

आइतबार बिहान घर नजिकैको मकैबारीमा काम गरिरहेका बेला रामलाई बँदेलले आ क्रमण गरेको थियो। प्र हरी निरीक्षक ओझाका अनुसार आक्रमणबाट रामको हात र खुट्टामा चो ट लागेको छ।

जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ। केही वर्षयता बैतडीमा जंगली बँदेलले आतंक मच्चाउने गरेको छ। बँदेलले मकैबाली नष्ट गर्नुका साथै मानिसलाईसमेत आक्रमण गर्न थालेपछि स्थानीय हैरान बनेका छन्। यसअघि साउन २० गते बँदेलका लागि थापेको विद्युतीय धरापमा परेर सुर्नया गाउँपालिका–५ का दुई युवकको मृ त्यु समेत भएको थियो।

प्रतिक्रिया