एउटै स्कुलबाट तीनजनाले ल्याए चार जिपिए

admin

काठमाडौं, २५ साउन :  काठमाडौंको एउटा स्कुलका तीन जना विद्यार्थीले एसईईमा चार जिपिए ल्याउन सफल भएका छन्। कपन स्थित तिरुपति ईङ्लिश बोर्डिङ हाई स्कुलका तीन जना विद्यार्थीले चार जिपिए ल्याउन सफल भएका हुन्।

स्कुलका प्रिन्सिपल तेन्जिङ भोटियाले कुल १७ जना विद्यार्थी एसईईमा सामेल भएकोमा तीन जना विद्यार्थीले चार जिपिए ल्याउन सफल भएको बताए ।

सिमित संख्यामा मात्र भर्ना खुलाउने यस स्कुलका १ जना विद्यार्थीले गत वर्षपनि चार जीपीए ल्याउन सफल भएको स्मरण उनले गरे। संस्कारलाई विशेष प्राथमिकता दिने यस स्कुलले केही वर्ष अघि मात्र अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त गरि नेपालकै शिर उच्च बनाएको थियो ।

अतिरिक्त क्रियाकलापमा विशेष दखल रहेको यस विद्यालयले यसै वर्षको दि भ्वाइस अफ नेपालमा धुर्व बीक जस्तो प्रतिभालाई विश्व सामु ल्याउन सफल भएको तथ्य त सर्वविधित नै छ । लामो इतिहास बोकेको यस स्कुलले हरेक वर्ष प्रायः सबै क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

प्रतिक्रिया