सर्वत्र असफल व्यक्ति बारम्बार सत्तामा पुग्छन् : नेता पौडेल

admin

काठमाडौं, २५ साउन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन गर्न नसकेको भन्दै आलोचना गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले चार वर्षमा गरिसक्नुपर्ने महाधिवेशन थपिएको साढे एक वर्ष बितिसक्दा पनि हुन नसकेको भन्दै नेतृत्वको चरम लापरबाही र असफलता भएको बताएका छन् ।

पार्टी नेतृत्वले नै नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याएको उनको टिप्पणी छ । उनले देउवालाई सङ्केत गर्दै सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता समाल्न पुगेको आरोपसमेत लगाएका छन् ।

प्रतिक्रिया