१० लाखको नक्कली नोटसहित तीनजना पक्राउ

admin

रौतहट, २५ साउन:  जिल्ला प्र हरी कार्यालय रौतहटले करिब १० लाख बराबरको नक्कली नेपाली रुपैयाँसहित तीन जनालाई प क्राउ गरेको छ।

ईशनाथ नगरपालिका-४ कालिमन्दिर नजिकैबाट प्र हरीले नौ लाख ९३ हजार बराबरको नेपाली नक्कली नोटसहित उनीहरुलाई प क्राउ गरेको हो।

प्र हरी चौकी मठिया महुलियाबाट खटिएको टोलीले चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका तीन जनालाई एक हजार नेपाली दरको नक्कली नोटसहित प क्राउ गरेको हो।

प क्राउ पर्नेहरुमा बट्टेश्वर गाउँपालिका–४ धनुषाका शत्रुधन वरई ठाकुर, बर्दीबास नगरपालिका–९ महोत्तरीका रन्जित महतो र भङ्गहा नगरपालिका–४ महोत्तरीका दिपेन्द्र कुमार महतो रहेको जिल्ला प्र हरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्र हरी उपरीक्षक सिद्धि बिक्रम शाहले जानकारी दिए। उनीहरुबारे थप अनुसन्धान भइरहेको प्र हरीले जनाएको छ।

प्रतिक्रिया