काठमाडौं, २५ साउन: नेकपा एमालेले आगामी २७ र २८ भदौमा आयोजना हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न चार वटा मस्यौदा समिति गठन गरेको छ।
सोमबारको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा राजनीतिक प्रतिवेदन मस्यौदा समिति, ईश्वर पोखरेलको संयोजकत्वमा सङ्गठनात्मक प्रतिवेदन मस्यौदा समिति, विष्णु पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति र रामबहादुर थापाको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरेको छ।