भजन गाउँदै गर्दा करेन्ट लागेर दुई जनाको मृत्यु

admin

काठमाडौं, २६ साउन:  धनुषामा करेन्ट लागेर दुई जनाको मृ त्यु भएको छ। भजनकिर्तन गाउँदै गरेका धनुषाको लक्ष्मीनिया गाउँपालिका ३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षका मनिराम यादवको माइकमा करेन्ट लागेर मृ त्यु भएको हो।

धनुषाकै क्षीरेश्वरनाथ नगरपालिका ३ पर्सा टोलका बुलन यादवको घरमा भजनकिर्तनमा गएका बेला मंगलबार साँझ करिब ६ बजेतिर करेन्ट लाग्दा दुवैजनाको घ टनास्थलमै मृ त्यु भएको प्रहरीले जनाएको छ।

करेन्टको झट्का लागेपछि अरु केही व्यक्ति सामान्य घा इते भएको जनाइएको छ। दुवै जनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

प्रतिक्रिया