आज पनि राष्ट्रियसभाको बैठक बस्दै

admin

काठमाडौं, २७ साउन : संघीय संसद अन्र्तगत राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ। नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाटविभिन्न प्रतिवेदन र विद्येयक छलफल र पारितको लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यस्तै विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको रेल्वे विधेयक, २०७६ छलफलका लागि र रेल्वे विधेयक, २०७८ पारितको लागि प्रस्ताव प्रस्तुत हुनेछ।

सचिवालयका अनुसार विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६ माथि छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गरिदैछ । यस्तै प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया