मौद्रिक नीति आज सार्वजनिक गरिँदै

admin

काठमाडौं, २९ साउन : नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आज सार्वजनिक गर्दै छ। गभर्नर, डेपुटी गर्भनर तथा कार्यकारी निर्देशकहरू गएराति अबेरसम्म बसेर तयार गरिएको मौद्रिक नीति पास गर्न साढे आठ बजे राष्ट्रबैँक संचालक समितिको बैठक बस्दैछ।

संचालक समितिले पास गरेपछि गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्नेछन्। राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले समय तय नभए पनि आज मौद्रिक नीति सार्वजनिक गरिने जानकारी दिए।

यसअघि राष्ट्र बैंकले साउनको पहिलो साता नै मौद्रिक नीति जारी गर्ने तयारी गरे पनि सरकार फेरिएको र अर्थ मन्त्रालयसँग परामर्श गर्नुपर्ने भएपछि ढिलाई भएको हो। मौद्रिक नीति मार्फत् राष्ट्रबैंकले यसअघि मार्जिन लेन्डिङ्मा कडाइ गर्ने तयारी गरे पनि अहिले त्यसलाई नचलाउने भएको छ। राष्ट्र बैंक स्रोतका अनुसार ब्याज दर, स्प्रेड दरलगायत महत्वपूर्ण विषयलाई मौद्रिक नीतिमा खासै फेरबदल गरिएको छैन।

प्रतिक्रिया