बेपत्ता कुश्माका व्यवसायी गजेन्द्र तुलाचन मृत भेटिए

admin

पर्वत, २९ साउन : बिहीबार बिहानदेखि बे पत्ता रहेका पर्वत सदरमुकाम कुश्माका व्यवसायी गजेन्द्र तुलाचन मृ त अवस्थामा फेला परेका छन्।

कुश्मा बजार स्थित दुर्लुङचोकमा रहेको मुस्ताङ गेस्ट हाउस सञ्चालन गर्दै आएका उनी बागलुङको बागलुङ नगरपालिका–१० स्थित दबल्याङमा रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।

जिल्ला प्र हरी कार्यालय बागलुङका प्रमुख प्र हरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगरका अनुसार दबल्याङस्थित गलुवा खोलाको पुछारमा रहेको रुखमा झुन्डिएको पाइएको हो।

तुलाचन आफैले लामो समयसम्म मुस्ताङ गेस्ट हाउस सञ्चालन गर्दै आएका थिए। उनी मधुमेह, उच्च रक्तचापलगायत रोगबाट ग्रसित थिए। बिहीबार बिहान करिब ६ बजे मर्निङ वाकका लागि निस्किएका उनी अबेरसम्म पनि नफर्किएपछि खोजी कार्य सुरु भएको थियो।

सम्पर्कविहीन भएलगत्तै पर्वत प्र हरीले उनको मोबाइल ट्रेसिङ गर्दा अन्तिम पटक कुश्मा नगरपालिका-१ पाङमा सिम एक्टिभ थियो। त्यसपछि भने तुलाचनको मोबाइल फोन अफ भएको थियो। मोबाइल एक्टिभ रहेको देखाएकै क्षेत्रमा उनी मृ त भेटिएका हुन्।

प्रतिक्रिया