कोरोना संक्रमित महिलाले आइसोलेसनमै जन्माइन् स्वस्थ शिशु

admin

सल्यान, ३० साउन :जिल्लामा कोरोना संक्रमित एक महिलाले स्वस्थ शिशु जन्माएकी छन्। कोरोना संक्रमण पुष्टि भएपछि सल्यान जिल्ला अस्पतालको आइसोलेसनमा बसेकी महिलाले स्वस्थ बच्चा जन्माएकी हुन।

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका-६ की २१ वर्षीया कोरोना संक्रमित सुजाता ओलीले स्वस्थ शिशु जन्माएको सल्यान जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत डा. भीमकान्त जैसीले जानकारी दिए।

साउन २४ गते रुकुम पश्चिम जिल्ला अस्पतालमा जाँच गराउँदा कोरोना पोजेटिभ देखिएपछि २७ गते सल्यान जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना भएको उनको भनाई छ। अहिले आमा र शिशुको अवस्था सामान्य रहेको र दुवैलाई होम आइसोलेसनमा पठाइएको उनले बताए।

प्रतिक्रिया