हाइटीमा शक्तिशाली भूकम्प: ३०४ जनाको मृत्यु, कैयौं घाइते

admin

क्यारेबियन मुलुक हाइटीमा हिजो गएको शक्तिशाली भूकम्पमा परी मृ त्यु हुनेको संख्या ३ सय ४ पुगेको छ । घ टनामा परी अन्य थप १ हजार ८ सयभन्दा बढी मानिस घा इते भएका छन् ।

७ दशमलब २ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण हाइटीमा ठूलो क्ष ति भएको छ । भूकम्पका कारण घर, होटेल र चर्चहरु ठूलो मात्रामा भत्किएका छन् । शनिबार हाइटीमा ७.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभागले बताएको छ । भूकम्पको केन्द्रबिन्दु घना बस्ती भएको राजधानी, मध्य पोर्ट-अउ-प्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको छ ।

प्रकोपले ग्रस्त क्यारेबियन राष्ट्र हाइटीको पश्चिममा भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौँ मानिसलाई समुद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको छ । यस पहिले हाइटीमा सन् २०१० को जनवरीमा गएको ७.० रेक्टर स्केलको भूकम्पले पोर्ट-अउ-प्रिन्स र नजिकैका अधिकांश शहरहरूमा ठूलो क्षति भएको थियो ।

उक्त भूकम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसको ज्यान गुमेको थियो । तीन लाखभन्दा बढी घाइते भएका उक्त घटनामा साढे एक लाखभन्दा बढी हाईटीबासी घरबारविहीन भएका थिए ।

प्रतिक्रिया