थप दुई हजार २१२ जनामा कोरोना संक्रमण, ३३को मृत्यु

admin

काठमाडौं, ३१ साउन : आइतबार नेपालमा थप दुई हजार २१२ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप दुई हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १२ हजार १०६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

आठ हजार ८८ जनाको पिसिआर गर्दा एक हजार ७९३ र ४ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ४१९ गरी जम्मा दुई हजार २१२ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा अहिले ३९ हजार २९८ जना सक्रिय संक्रमित छन्। यसैगरी पछिल्लो २४ घण्टामा एक हजार ८६७ जना कोरोनाबाट निको भएका छन्।

पछिल्लो २४ घण्टामा थप ३३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै अहिलेसम्म यसको संक्रमणबाट थप १० हजार २९२ जनाको मृत्यु भएको छ।काठमाडौं उपत्यकामा थप ७३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ५ सय २२ , ललितपुरमा एक सय ५४ र भक्तपुरमा ६३ जना संक्रमित थपिएका हुन्।

योसँगै अहिले उपत्यकामा ११ हजार ७८६ जना सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै आठ हजार ४३० जना, ललितपुरमा एक हजार ९७० र भक्तपुरमा एक हजार ३८६ जना सक्रिय संक्रमित थपिएका हुन्।

प्रतिक्रिया