जयसिंह धामीको परिवारलाई एक करोड क्षतिपूर्ति दिन माग गर्दै भारतीय दूतावासमा ज्ञापनपत्र

admin

काठमाडौं, ३१ साउन : ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई क्षतिपूर्ति दिन भारत सरकारसँग माग गरेको छ ।भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर मोर्चाले भारतीय दूतावासलाई ज्ञापनपत्र पठाउँदै यस्तो माग गरेको हो ।

मोर्चाले धामीको ह त्या एसएसबीले गरेको भन्दै सो अपराधका निम्ति सार्वजनिकरूपमा माफी माग्न र उनको परिवारलाई पारदर्शीरूपमा नेपाल सरकारमार्फत कम्तीमा १ करोड भारु उपलब्ध गराउन माग गरेको हो ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएपछि धामी नदीमा खसेको बताइएको छ । तर, भारतले आफ्नो पक्षबाट भएको अपराध अहिलेसम्म स्वीकार गरेको छैन । नेपाल सरकारको तर्फबाट छानविन समितिले घटनाको अनुसन्धान गरिरहेको छ ।

यद्यपि छानविनको शैलीप्रति भने आलोचना हुँदै आएको छ । घटनाबारे अहिलेसम्म नेपाल सरकारले कुनै आधिकारिक धारणा सार्वजनिक गर्न सकिरहेको छैन ।

प्रतिक्रिया