अफगानिस्तानका राष्ट्रपति घानीले छाडे देश

admin

काठमाडौं, ३१ साउन : अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । तालीबानी लडाकुले राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले देश छाडेको अन्तराष्ट्रिय समाचार संस्थाले बताएका छन् ।

बीबीसीकाअनुसार तालिवानले देशका मुख्य शहर कब्जा गरेर काबुल समेत नियन्त्रणमा लिने प्रयास गरेर सत्ता हस्तान्तरणका लागि बारम्बार आग्रह गरेपछि राष्ट्रपति घानीले देश छाडेको हुन । काबुलमा तालिवानको प्रवेशपछि राष्ट्रपति घानीलाई राजीनामा गरेर सत्ता हस्तान्तरण गर्नुपर्ने दबाब बढेको छ ।

प्रतिक्रिया