सर्वोच्चले महन्थ ठाकुरको पक्षमा अन्तरिम आदेश दिन मानेन

admin

काठमाडौं, ३२ साउन : सर्वोच्च अदालतले जनता समाजवादी पार्टी जसपा अध्यक्ष महन्थ ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सोमबार ठाकुरको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टको इजालसले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अध्यक्ष ठाकुर यसअघि साउन १५ मा सर्वोच्च अदालत पुग्नु भएको थियो । उहाँले सर्वोच्चमा निनर्वाचन आयोगले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको र आफू पक्षलाई नयाँ दल दर्ता गर्न दिनेगरि भएको निर्णय बदर गर्न माग राख्दै रिट निवेदन दिनु भएको थियो ।

तर सर्वोच्चले उहाँको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यो सँगै जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षसँगै रहेको छ ।

प्रतिक्रिया